राक्सिराङ्गको ५० जना सिमान्तकृत बालबालिकालाई खाद्य सामग्री वितरण

तामसालिङ खबर
२५ आश्विन २०८०, बिहीबार १८:४४

असोज, हेटौडा (राक्सिराङ्ग) – हिमराइट्स मकवानपुरले राक्सिराङ्ग गाउँपालिकाको दुई बिद्यालयमा अध्ययनरत सिमान्तकृत बालबालिकाहरुलाई खाद्य सामग्री गरेको छ। कोर इन्टरनेशनलको सहयोग तथा राक्सिराङ्ग गाउँपालिकाको समन्वयमा बिहीबार सिमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व बिकास कार्यक्रम अन्तर्गत सिमान्तकृत ५० जना बिद्यार्थी बालबालिकाहरुलाई खाद्य सामग्री वितरण गरिएको हो ।

प्रजा जागृति माध्यमिक बिद्यालयको २७ जना र सुर्यादय माध्यमिक बिद्यालयको २३ गरी ५० जना बिद्यार्थी बालबालिकाहरुलाई चामल, तेल, नुन, साबुन, मसला, चिउरा लगायतको खाद्यान्न वितरण गरिएको छ । शैक्षिक सामग्री वितरण, स्वास्थ्य, खाद्य सामाग्री वितरण लगायत बिभिन्न कार्यक्रम बिगत ६ बर्ष देखि गर्दै आएको हिमराइट्स मकवानपुरले राक्सिराङ्गको दुई र मनहरी गाउँपालिकाको दुई वटा बिद्यालयमा काम गर्दै आएको कार्यक्रम संयोजक कुमारी वाईबाले जानकारी दिनुभयो।

राक्सिराङ्ग गाउँपालिकाका प्रवक्ता तथा ५ नम्बर वडा अध्यक्ष हरि बहादुर प्रजाको प्रमुख आतिथ्यतामा खाद्यान्न सामग्री वितरण गरिएको थियो । कार्यक्रममा राक्सिराङ्ग ३ का वडा अध्यक्ष उत्तम वाइबा, प्रजा जागृति माबिको प्रधानध्यापक सुर्य बहादुर प्रजा, ब्यबस्थापन समितिको सदस्य गणेश श्री मोक्तान लगायतको आतिथ्यता रहेको थियो। कार्यक्रम प्रजा जागृति माबिको अध्यक्ष जयकान्त प्रजाको अध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*