राक्सिराङ्गको दुर्गम क्षेत्रको वडामा सामाजिक सुरक्षा भत्ता वितरण हुने

तामसालिङ खबर
२३ आश्विन २०८०, मंगलवार २०:१०

असोज, हेटौडा (राक्सिराङ्ग) – राक्सिराङ्ग गाउँपालिकाले चालु आर्थिक बर्ष २०८०/८१ को प्रथम त्रैमासिक सामाजिक सुरक्षा भत्ता पहिलो पटक वडा कार्यालयबाट वितरण गरिने भएको छ । गाउँपालिकाको दुर्गम क्षेत्रको वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गर्न लागेको हो ।

गाउँपालिकाले २४ गते बुधबार देखि नै सामाजिक सुरक्षा भत्ता वितरण गरिने तयारी अन्तर्गत सेवाग्राहीलाई सहजताको लागि दुर्गम क्षेत्रमा रहेको ६,७ र ८ नम्बर वडाको केन्द्र काकाडा स्वास्थ्य चौकी, जुरेथुममा २५ गते र ९ नम्बर वडाको लागि वडा कार्यालय डण्टारमा २९ गते वितरण गर्ने भएको छ । बाँकी सबै गाउँपालिका मुकाम चैनपुरबाटै वितरण हुने गाउँपालिका अध्यक्ष राजकुमार मल्लले बताउनुभयो ।

अहिलेलाई दुर्गम क्षेत्रको वडामा वितरण शुरु गर्ने तयारीमा छौ, पछिल्लो दिनमा सबै वडा कार्यालयबाट नै वितरण गर्ने योजनामा रहेको छ।, भिडभाड नगरिकन तोकिएको वडा, तोकिएको मिति समयअनुसार सेवा लिन गाउँपालिका अध्यक्ष मल्लले बताउनुभयो ।

त्यस्तै, २४ गते ५ नम्बर वडा, २६ गते ३ नम्बर वडा, ३० गते ४ नम्बर वडा कार्यालय, कार्तिक १ गते १ नम्बर वडा र २ गते २ नम्बर वडाका सेवाग्राहीहरुको लागि गाउँपालिका मुकाम चैनपुरको ग्लोबल आइ एम इ बैंकबाट वितरण हुने सामाजिक विकास अधिकृत गोबिन्द अधिकारीले बताउनुभयो। सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने सेवाग्राहीहरुले अनिवार्य भत्ताको परिचयपत्र, नागरिकताको फोटोकपि र चेकबुक लगायतका कागजपत्र ल्याउनु पर्ने छ ।

सुचना हेर्नुहोस् –

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*