बागमतीमा प्रदेश सञ्चार माध्यम सम्बन्धी विधेयक पारित

तामसालिङ खबर
२३ आश्विन २०८०, मंगलवार ०७:३८

असोज, हेटौडा – बागमती प्रदेश सभाले प्रदेश सञ्चारमाध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ । प्रदेश सभाको सोमबार बसेको बैठकले प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिबाट स्वीकृत गरेको हो ।

प्रदेश सभाको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री गङ्गानारायण श्रेष्ठले प्रदेश मामिला समितिको प्रतिवेदनसहित विधेयक पेस गर्नुभएको थियो । यसअघि समितिका ज्येष्ठ सदस्य शिवराज अधिकारीले आइतबार प्रदेश सभा बैठकमा प्रदेश सञ्चार माध्यम व्यवस्थापन ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयकका सम्बन्धमा तयार प्रतिवेदनसहितको विधेयक प्रदेश सभामा पेस गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*