मनहरीका ६ विपन्न परिवारले पाए, नयाँ घर

तामसालिङ खबर
२० आश्विन २०८०, शनिबार ०६:२६

असोज, हेटौंडा (मनहरी) – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर १ र २ का ६ घर परिवारले नयाँ घर पाएका छन् ।

सिआरएस नेपालको आर्थिक सहयोग तथा लुमन्ती आवासको लागि सहयोग समुह र सप्रोष नेपालको सहजीकरणमा वडाका गरीब तथा विपन्न परिवारका ६ घरपरिवारले नयाँ आवास पाएका हुन् । मंगलबार एक कार्याक्रममा वडाअध्यक्षको रोहबरमा योजना सम्पन्न पश्चात घर हस्तानतरण गरिएको हो ।

योजना अन्तर्गतका घर वडा नम्बर १ की सानुमाया वाईवा, वडा नम्बर २ का जयराम स्याङ्तान, सत्यराज गोम्बा, सानु घलान, हस्तबहादुर स्याङ्तान, धनबहादुर ग्लानलाई हस्तान्तरण गरिएको वडा नम्बर १ का वडाध्यक्ष शिवप्रसाद खनालले जानकारी दिए ।

वडा नम्बर १ मा करिब ७ लाख रुपैयाँ र वडा नम्बर २ मा ८ लाख १० हजारका दरले ५ वटा घर बनाइ हस्तान्तरण गरिएको हो । यस्तै सोहि योजना अन्तर्गत वडा नम्बर १ का ५९ घरधुरी र २ का १२ घरधुरी भुकम्प प्रभावित स्थानीयहरुलाई ५० हजार रुपैयाँ बराबरको झ्यालढोका निर्माणमा सहयोग गरीएको छ । यसैगरी सामाग्री, ज्याला, ढुवानी खर्चबापत दुवै वडामा गरि जम्मा २२ घर परिवारलाई ११ लाख रुपैयाँसहयोग गरीएको छ ।

साथै जिविकोपार्जनमा जोड दिन संस्थाले वडा नम्बर १ का ७० र वडा नम्बर २ का १७ घरपरिवालाई आवश्यकता अनुसार बाख्रा, कुखुरा, सिलाई मेसिन, विउँविजन सहयोग गरेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*