हेटौंडामा अब बिआइटी र बिबिए अध्यापन हुने

तामसालिङ खबर
१७ आश्विन २०८०, बुधबार ०७:२४

असोज, हेटौंडा – शैक्षिक हबको रुपमा परिचित बागमती प्रदेशको राजधानी हेटौंडामा अब विआईटी र विविए अध्यापन हुने भएको छ । मकवानपुरमा पहिलो पटक विआईटी पढाइ हुन लागेको हो ।

सहिद एकलाल सुवेदी(आकाश) स्मृति प्रतिष्ठान नेपाल द्धारा सञ्चालित सहिद आकाश मेमोरियल क्याम्पसले हेटौंडामा मंगलबार पत्रकार सम्मेलन गर्दै क्याम्पस र पढाइने विषयबारे जानकारी गराएको थियो । क्याम्पसका अध्यक्ष विजय गौतमले पूर्वाञ्चल विश्व विद्यालयबाट स्वीकृति लिएर विआईटी र विविए अध्यापन गराउन लागेको बताए ।

हेटौंडा ५ मा रहेको रिलायन्स बोर्डिङको भवनमा क्याम्पस सञ्चालन गरिने भन्दै यसै शैक्षिक सत्रबाट स्नातक तहको बिआइटी (ब्याचलर अफ इन्फरमेसन टेक्नोलोजी र बिबिए ( ब्याचलर अफ बिजनेस एड्मिनिस्ट्रेसन) गरि दुईवटा विषयको अध्यापन सुरु गर्न लागेको क्याम्पस सञ्चालक समितिका अध्यक्ष गौतमलले जानकारी दिए ।

टेक्निकल विषय पढ्नका लागि विदेश जाने लहर बढेकोले सो क्रमलाई कमी ल्याउने उद्देश्यले क्याम्पसले भविष्यमा समेत अन्य टेक्निकल विषयमा अध्यापन गराउने लक्ष्य रहेको अध्यक्ष गौतमले बताए । ।

क्याम्पसले चार वर्षे बिआइटी कोर्सका लागि ५ लाख ३५ हजार रुपैयाँ र चार वर्षे बिबिए कोर्सका लागि ४ लाख २५ हजार रुपैयाँ शुल्क तोकेको छ । यस्तै क्याम्पसले लक्षित वर्गका लागि दश प्रतिशत विद्यार्थीहरूलाई छात्रवृत्तिको व्यवस्था मिलाएको जानकारी दिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*