बागमती प्रदेशसभामा सरकारी कामकाजको भाषाको विधेयक प्रस्तुत

तामसालिङ खबर
१५ आश्विन २०८०, सोमबार ०६:१४

असोज, हेटौडा – बागमती प्रदेशसभामा प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक छलफलका लागि टेबुल भएको छ ।

प्रदेशसभाको आइतबार बसेको बैठकमा सांस्कृतिक, पर्यटन तथा सहकारीमन्त्री पुकार महर्जनले प्रदेश सरकारी कामकाजको भाषा सम्बन्धमा व्यवस्था गर्न बनेको विधयेक छलफलका लागि टेबुल गर्नुभएको हो।

नेपालको संविधान २०७२ को धारा ७ (२) बमोजिम नेपाली भाषाका अतिरिक्त प्रदेशले आफ्नो प्रदेशभित्र बहुसंख्यक जनताले बोल्ने भाषा एक वा एकभन्दा बढी अन्य राष्ट्रभाषालाई प्रदेश कानून बमोजिम सरकारी कामकाजको भाषाका रूपमा प्रयोग गर्न सकिने छ भन्ने कुरा उल्लेख गरिएको छ ।

बागमती प्रदेशमा तामाङ भाषा र नेपाल भाषाको प्रयोग गर्ने जनसङ्ख्याको बाहुल्यता रहेकोले यी दुई भाषा सरकारी कामकाजको भाषा सम्बन्धमा बनेको विधेयक संसदमा पेश भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*