कम्प्यूटर एशोसियसन मकवानपुरको १७ औँ साधारण सभा

तामसालिङ खबर
३१ भाद्र २०८०, आईतवार ०७:१८

भदौ, हेटौंडा – शनिबार हेटौडामा कम्प्यूटर एशोसियसन नेपाल महासंघ मकवानपुरको १७ औँ साधारण सभा भएको छ । जिल्ला समन्वय समिति मकवानपुरको प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा भएको साधारण सभा महासंघका अध्यक्ष शिव श्रेष्ठको अध्यक्षतामा भएको थियो।

साधारण सभामा क्यान केन्द्रिय सदस्य भानु शर्मा, मकवानपुर उद्योग वाणिज्य संघका कार्यवहाक अध्यक्ष प्रमोद सिंह रानाभाट्ट, क्यान बागमती प्रदेश अध्यक्ष पुष्प पुडासैनी लगायत विभिन्न विद्यालयका शिक्षक, संघ संस्थाका प्रतिनिधिको आतिथ्यता रहेको थियो । महासंघको प्रगति प्रतिवेदन सचिव गोबिन्द चौलागाईले प्रस्तुत गर्नु भएको थियो।

साधारण सभामा सूचना प्रविधि सेमिनार कार्यक्रम पनि आयोजना गरेको थियो । सूचना प्रविधिको माध्यमबाट गरिने नियमित काम, क्रियाकलाप र गतिविधिलाई आधुनिक प्रविधि क्लाउड र क्लाउड एप्लिकेसनको माध्यमबाट कम समयमै टिमवर्कमा काम सक्ने अवस्थाको बारे सेमिनार भएको थियो । सूचना प्रबिधि बिज्ञ सचिन जंग कार्कीले सेमिनार सहजीकरण गर्नु भएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*