अब अनलाइनबाट कम्पनी दर्ता हुने

तामसालिङ खबर
३० भाद्र २०८०, शनिबार ०९:४०

भदौं, काठमाडौं – यहि असोज १५ गते देखि प्राइभेट लिमिटेड तथा पब्लिक लिमिटेड कम्पनी अनलाइनबाटै दर्ता गर्न सकिने भएको छ ।

कम्पनी रजिस्ट्रारको कार्यालयले प्रयोग गरिहेको पुरानो सफ्टवेयर परिवर्तन भएको र नयाँ सफ्टवेयर ल्याएपछि तथ्यांक स्थानान्तरण (डेटा माइग्रेसन) का लागि काम भइरहेको कार्यालयका उप-रजिस्ट्रार शेखरबाबु कार्कीले जानकारी दिनुभयो।

अनलाइनबाट दर्ता हुने कम्पनीले कम्पनीको छाप तथा कम्पनीको तर्फबाट सम्बन्धित कागजातमा हस्ताक्षर गर्न अनुमतिप्राप्त कम्पनीको अध्यक्ष, सञ्चालक वा कम्पनी सचिवको नमुना हस्ताक्षर विद्युतीय सूचना प्रणालीमा उपलब्ध गराउनु पर्नेछ ।

केही समयका लागि हाल प्रचलनमा रहेको भौतिक कागजात पेस गरी सेवा लिने वा विद्युतीय हस्ताक्षर मार्फत कागजात पेस गरी डिजिटल सेवा लिने भनी विकल्प उपलब्ध गराइने कार्यालयले जनाएको छ । आर्थिक वर्ष २०८०-८१ को बजेटमा अनलाइनबाट कम्पनी दर्ता तथा पुँजी वृद्धि कार्यान्वयन गर्ने कार्यक्रम ल्याउने घोषणा गरिएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*