एसियाली खेलकुदका लागि पुरुष क्रिकेट टोलीको घोषणा

तामसालिङ खबर
३० भाद्र २०८०, शनिबार ०७:३५

भदौं, काठमाडौँ – नेपाल क्रिकेट संघ (क्यान) ले चीनको हाङ्झाओमा आयोजना हुने एसियाली खेलकुद प्रतियोगिता (एसियाड) का लागि नेपाली टोलीको घोषणा गरेको छ । एसियाली खेलकुदको १९ औँ संस्करण असोज ६ गतेदेखि २१ गतेसम्म आयोजना हुँदैछ ।

प्रतियोगिताका लागि शुक्रबार क्यानले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय पुरुष क्रिकेट टोलीको घोषणा गरेको हो । घोषित टोलीमा करण केसी, प्रतिस जीसी, आसिफ शेख (विकेटकिपर), कुशल मल्ल र गुलसन झा रहेका छन् ।

यसैगरी क्यानले सोमपाल कामी, सन्दीप जोरा, विनोद भण्डारी, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, ललित राजवंशी, विवेककुमार यादब, अविनाष बोहरा र सन्दीप लामिछानेलाई पनि एसियाली खेलकुदका लागि घोषित टोलीमा समावेश गरेको छ ।

विश्वका ४५ देशको सहभागिता रहने एसियाली खेलकुद प्रतियोगितामा नेपालको तर्फबाट २९ खेलमा एक सय २७ महिला र एक सय २६ पुरूष गरी कुल दुई सय ५३ जना खेलाडीले प्रतिस्पर्धा गर्ने तय भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*