शिक्षक संगठनको विस्तारित बैठक तथा अन्तरक्रिया

तामसालिङ खबर
२० भाद्र २०८०, बुधबार १९:४५

भदौ, हेटौडा – नेकपा (माओवादी केन्द्र) निकट एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरको विस्तारित जिल्ला बैठक तथा अन्तरक्रिया कार्यक्रम हेटौंडामा भएको छ ।

कार्यक्रम नेकपा (माओवादी केन्द्र) बागमती प्रदेशका उपाध्यक्ष एवं बागमती प्रदेश सांसद प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्य तथा एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरका अध्यक्ष बसन्त राईको अध्यक्षतामा भएको थियो ।

कार्यक्रममा नेकपा (माओवादी केन्द्र) मकवानपुरका संयोजक सर्केश घलान, बागमती प्रदेश सल्लाहकार ऋषिराम पोखरेल, शिक्षक महासंघका केन्द्रीय उपमहासचिव गुरुप्रसाद पौडेल, एकीकृत अखिल नेपाल शिक्षक संगठनका केन्द्रीय सचिवालय सदस्य एवं मकवानपुर ईन्चार्ज शम्भु विक्रम लामा, केन्द्रीय परिषद सदस्य एवं राहत शिक्षक समिति बागमती प्रदेश अध्यक्ष जिवन तिमल्सिना, बागमती प्रदेश अर्थ उपमहासचिव खेमराज लामिछाने लगायतले मन्तव्य व्यक्त गरेका थिए ।

कार्यक्रममा एकीकृत अखिल नेपाल शिक्षक संगठनका मकवानपुर सहईन्चार्ज गोकुल लम्साल, केन्द्रीय परिषद सदस्यहरु भोगेन्द्र लुईटेल, कमलकुमार लामा, कृष्ण खनाल र जंगबहादुर लामा लगायतको आतिथ्य रहेको थियो । कार्यक्रममा मकवानपुर जिल्लाका एकीकृत अखिल नेपाल शिक्षक संगठनका पालिका अध्यक्षहरुले रिपोर्टिङ्ग गरेका थिए ।

एकीकृत अखिल नेपाल शिक्षक संगठन मकवानपुरकी सचिव कमला आचार्यले स्वागत मन्तव्य व्यक्त गरेको कार्यक्रम कोषाध्यक्ष एकराज गौतमले संचालन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*