प्रधानमन्त्री प्रचण्ड, माधब नेपाल र बिप्लब सीले गरे सम्बोधन

तामसालिङ खबर
२४ भाद्र २०८०, आईतवार २२:२१

भदौं, हेटौडा – प्रदेश स्तरिय समाजवादी मोर्चाको सन्देश सभा बागमती प्रदेश राजधानी हेटौंडामा भएको छ । आईतबार भएको सभालाई प्रधानमन्त्री एवम् नेकपा माओबादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, पुर्व प्रधानमन्त्री तथा नेकपा समाजबादीका अध्यक्ष माधबकुमार नेपाल र नेकपा माओवादी महासचिब बिप्लब सीले सम्बोधन गरेका थिए ।

सन्देश सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले यो मोर्चा सत्ता जोगाउन गरेको चलाईएको त्यो हल्ला मिथ्या रहेको भन्दै अहिले एउटा नयाँ आन्दोलन, स्वरुप नयाँ अभियान शुरु भएको बताउनुभयो। त्यस्तै, कम्युनिष्टहरु फुट्ने मात्र नभई आवश्यक परेको बेलामा जुट्न पनि सक्ने र सोही अनुरुप यो मोर्चाको थालनी भएको बताउनुभयो ।

त्यस्तै, सभालाई सम्बोधन गर्ने क्रममा पुर्व प्रधानमन्त्री एवम नेकपा समाजवादी अध्यक्ष माधब कुमार नेपालले सिद्धान्त, आदर्श र समाजबादको लागि मोर्चा आवश्यक रहेको प्रष्ट पार्नुभएको थियो । सिद्धान्त बिना यात्रा कसैको पनि सफल नहुने भन्दै समाजबादको परिकल्पनामा यो मोर्चाले यात्रा तय गर्ने बताउनुभयो ।

नेकपा माओबादीका महासचिब बिप्लब सिले सरकारले दलाल, भ्रष्टहरुको फाइल खोल्दै कारबाही निरन्तरताको कामना गर्नुभयो । साना ठुला कम्युनिष्ट पार्टिको अन्तिम लक्ष्य भनेको समाजवाद भएको भन्दै यो समाजबादी मोर्चाको आवश्यकता परेकोले अहिले सरकारको गतिबिधिलाई सडकबाट साथ समर्थन गर्ने उद्घोष समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*