जति समय प्रधानमन्त्री हुन्छु, ‘राम्रो काम गरेर देखाउँछु’ – प्रचण्ड

तामसालिङ खबर
२४ भाद्र २०८०, आईतवार १९:१४

भदौ, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी माओबादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफु जति समय सम्म प्रधानमन्त्री हुने हो त्यतीन्जेल सम्म राम्रो काम गरेर देखाउने बताउनु भएको छ ।

आइतबार हेटौडामा भएको प्रदेश स्तरिय समाजवादी मोर्चाको सन्देश सभामा सम्बोधन गर्दै उहाँले भन्नुभयो, ‘ अब कती समय सम्म प्रधानमन्त्री हुन्छु भन्ने छैन । तै पनि जति समय बस्छु राम्रो काम गरेर देखाउँछु ।’

भ्रष्टाचारका बिरुद्ध र शुसासनका पक्षमा अभियान चलाईएको र यो अभियानलाई निरन्तर रुपमा अगाडी बढाइने प्रधानमन्त्री प्रचण्डले बताउनुभयो । यो अभियान केही व्यक्तिलाई मन नपरेको वताउँदै उहाँले भन्नुभयो–‘ यो अभियान कुशासन बिश्रद्ध हो ।’

प्रधानमन्त्रीका विरुद्धमा खाली सबोच्चमा मुद्धा हालिरहने चलन बढेको उहाँले बताउनुभयो । सबै परिवर्तनको रक्षाका लागि अहिलेको मोर्चा बनेको उहाँको भनाई छ ।

अहिले पनि परिबर्तनलाई उल्टाउने चेष्टा गरिएकोमा उहाँले आपत्ति जनाउनुभयो । यो मोर्चा चार वटा पार्टीको मात्र नभएर देशका जनताको परिवर्तनको मोर्चा रहेको बताउनुभयो । खाली कम्युनिष्ट पार्टीहरु बिभाजित हुन्छन् भन्ने सन्देश गएको छ । अब कम्युनिष्ट पार्टीहरु पनि जुट्छन् भन्ने देखाउन पनि मोर्चाबन्दी रिएको अध्यक्ष प्रचण्डले बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*