यी हुन्, थाहा नगरको १ सय १६ पर्यटकीय गन्तव्यहरु

तामसालिङ खबर
१३ भाद्र २०८०, बुधबार ०६:४७

भदौ, हेटौडा (थाहा नगर) – थाहा कला केन्द्रले मकवानपुरको उत्तरी क्षेत्रमा अबस्थित थाहा नगरपालिकाको पर्यटकीय गन्तव्यहरुको प्रारम्भिक विवरण संकलन गरेको   छ ।

पर्वतिय, जल, धार्मिक, साहसिक र अन्य गरि १ सय १६ वटा पर्यटकीय गन्तव्यहरुको संकलन भएको छ। जसमध्ये वडा नं. १ मा ८ वटा, वडा नं. २ मा ११ वटा, वडा नं. ३ मा १३ वटा , वडा नं. ४ मा ९ वटा, वडा नं. ५ मा ६ वटा, वडा नं. ६ मा ७ वटा, वडा नं. ८ मा १५ वटा, वडा नं. ९ मा १३ वटा , वडा नं. १० मा ५ वटा, वडा नं. ११ मा १० वटा र वडा नं. १२ मा ४ वटा पर्यटकीय गन्तव्यहरु रहेका छन् ।

विवरण अनुसार जल पर्यटकीय गन्तव्य ५ वटा, साहसिक पर्यटकीय गन्तव्य ४ वटा, अन्य पर्यटकीय गन्तव्य १२ वटा पर्वतिय पर्यटकीय गन्तव्य ३४ वटा र सबै भन्दा बढि ऐतिहासिक र धार्मिक पर्यटकीय गन्तव्य ६१ वटा गरि कुल १ सय १६ पर्यटकीय गन्तव्यहरुको १ देखि ९ वडा कार्यालयबाट तथ्य प्राप्त भएको छ । ४ वटा साहसिक गन्तव्यहरु मध्ये वडा नं. ५ मा २ वटा र वडा नं. ७ र ८ मा १/१ वटा रहेका छन् । ती मध्ये वडा नं. ५ मा प्यारा ग्लाईडिङ-ठूलो फाकल (परीक्षण भईरहेको) र दुरुङखोला गुफा छन् भने वडा नं. ७ को कुईभिर बन्जि जम्प (सम्भावना भएको) र वडा नं. ८ मा सप्तकन्या गुफा रहेको छ।

मौलिक परम्परा र संस्कृतिको छुट्टै पहिचान बोकेको वडा नं. १ को कुन्छाल गाउँ, वडा नं. ६ स्थित ऐतिहासिक अंशुवर्माको शिलालेख, कोत दरबार, हल्थुम दरबार, ३ वर्षे बज्रबाराहि जात्रा, १२ वर्षे नाच, वडा नं. ८ स्थित घोक्से राजाको भग्नावशेष दरवार, देविस्थान बुद्ध पार्क, हाँडिखोला झोलुङ्गे पुल, वडा नं. ११ स्थित वनस्पति उद्यान, तामाङ संग्राहलय, खुकुरी पार्क लगायत थाहाका अन्य रोचक पर्यटकीय गन्तव्यहरु हुन् ।

त्यस्तै कोटथुम्की, कुटिप्वाकल टिष्टुङवनस्पति उद्यान, रातो पोखरी, आकाशदेवी गढि , पातालेश्वर गुफा, झण्डा गाडेडाँडा, केशरी भञ्ज्याङ, मंगलेश्वर , भकारी ढुङ्गा, बदेल आल, पाथिभरा , पर्वितिय ताल सिमभञ्ज्याङ , सुनगाभा पैदलमार्ग (दामन सिमभञ्ज्याङ देखि ईन्द्रसरोवरसम्म) मुलाबारी चौर, बाराहि वन, डाँडाबास पिकनिक स्पट, आग्रा चिनारी स्तम्भ, चौवास उन्युचौर, चिसापानी कैलाश डाँडा, मकल्चि पोखरी,वाथालाचुली, दामगाँडे टावर पार्क, आईतबारे गुफा, बाख्राफार्म,चियाबगान, पोखरीचौर, आधामारा झरना जस्ता आकर्षक पर्वतिय पर्यटकीय गन्तव्यहरु समेत थाहामा रहेका छन् ।

प्रसिद्ध ऋषेश्वर मन्दिर, पाण्डुकेश्वर मन्दिर, झम्केश्वर महादेव मन्दिर, देउराली गुम्बा, गोरखनाथ मन्दिर, पाण्डेश्वरी महादेव मन्दिर, बाराहि मन्दिर, महादेव खर्क किटिनिचौर कुटेश्वरी मन्दिर,साम्वा छोईलिङ्ग गुम्बा, श्री रम्बादेवी मन्दिर, स्वच्छन्द भैरव मन्दिर, सीतापाईला धार्मिक क्षेत्र, महाँकाल मन्दिर, नागदह मन्दिर लगायत ६१ वटा धार्मिक पर्यटकीय गन्तव्यहरु संकलित विवरणमा उल्लेख छन् ।

थाहा कला केन्द्रले थाहा नगरका १२ वटै वडा कार्यालयहरुलाई पर्यटकीय गन्तव्यहरु उल्लेख गर्ने गरि पत्राचार गरेकोमा सबै वडाहरुबाट पत्र बमोजिमनै वडा भित्रका पर्यटकीय गन्तव्यहरुको नाम र वडाको मूख्य सडकदेखि गन्तव्य स्थलसम्मको दुरी समेत उल्लेख रहने गरि विवरण संकलन गरेको छ ।

‘पर्यटनका लागि फिल्म फेस्टिवल’ भन्ने नारालाई आत्मसाथ गर्दै कला केन्द्रले थाहा फिल्म फेस्टिवल २०८० को लागि उक्त विवरण संकलन गरेको हो । आउँदो मंसिर ९ गतेदेखि १५ गते (७ दिनसम्म) थाहा नगरको जेसिज हलमा गरिने भएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*