स्ववियु मकवानपुर बहुमुखी क्याम्पसको शैक्षिक क्यालेन्डर बिमोचन

तामसालिङ खबर
११ भाद्र २०८०, सोमबार ०६:१६

भदौ, हेटौडा – स्वतन्त्र बिद्यार्थी युनियन (स्ववियु) मकवानपुर क्याम्पसले शैक्षिक क्यालेन्डर सार्बजनिक गरेको छ । आइतबार क्याम्पस सभाहलमा एक कार्यक्रम गर्दै शैक्षिक क्यालेन्डर बिमोचन गरेको हो।

हेटौडा ४ का वडाअध्यक्ष तथा पूर्व स्ववियु सभापति नबिन सिग्देलको प्रमुख आतिथ्यतामा स्ववियुको शैक्षिक क्यालेन्डर बिमोचन गर्नुभएको थियो। कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले शैक्षिक गतिबिधिसंगै विभिन्न रचनात्मक कार्यक्रमहरु गर्दै आम बिद्यार्थीको बिश्वास निरन्तरता राख्न बताउनुभयो । विद्यार्थीको हितको निम्ति र स्ववियुको गरिमालाई सफल बनाउन सधै साथमा रहने प्रतिबद्धता समेत ब्यक्त गर्नुभयो।

कार्यक्रममा मकवानपुर बहुमुखी क्याम्पस प्रमुख डा शंकर प्रसाद उपाध्याय, प्राध्यापक उत्तम अर्याल, अनेरास्ववियु जिल्ला अध्यक्ष अमृत बर्तौला, अनेरास्ववियु क्रान्तिकारी जिल्ला अध्यक्ष श्रवणकुमार बर्तौला लगायतले मन्तब्य ब्यक्त गर्नु भएको थियो। त्यस्तै, विभिन्न राजनीतिक दल आबद्ध विद्यार्थी संगठनको नेता कार्यकर्ताहरुको उपस्थिति रहेको थियो। कार्यक्रमलाई स्ववियु उपसभापति रोजन घिमिरेले स्वागत गर्नुभएको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*