हाट मेलामा मकवानपुर गढीको कोदो पिठोको माग

तामसालिङ खबर
१० भाद्र २०८०, आईतवार ०७:३०

भदौ, हेटौडा – काठमाडौंको दरबारमार्ग ओरियन्ट क्याफेमा प्रत्येक शनिबार लाग्ने स्थानीय कृषि उत्पादन ‘रैथानै हाटबजार’ मेलामा शनिबार मकवानपुरगढी गाउँपलिकाले पनि आफ्नो पालिका भित्र उत्पादन भएका बिभिन्न रैथानेबालि तथा सामाग्रीहरुको प्रदर्शनी तथा बिक्रि वितरण गरेको छ।

मकवानपुरगढीमा उत्पादन भएका रैथाने कृषि बाली कोदोको पिठो, बेसार, कोदोको दाना, लसुन, फापर, गेडागुडी तथा स्थानिय स्तरमा उत्पादन भएको बास, बेद र निगालो बाट बनेका हस्तकला सामाग्रीहरुको प्रदर्शनी तथा बिक्रि वितरण गरिएको हो। ‘रैथाने कृषि हाटबजार’ नाम दिइएको यो मेला प्रत्येक शनिबार बिहान ६ बजेदेखि दिउसो १२ बजेसम्म लाग्ने गर्छ ।

हाटबजार भएको कार्यक्रमा बोल्दै मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङतानले रैथाने बाली संरक्षण गर्नको लागि बागमती प्रदेशको राजधानी हेटौडामा पनि यस्तो बजारको आबश्यकता रहेको र स्थानीय सरकारले अब कृषि क्षेत्रमा बितरण मुखी नभई उत्पादनमा जोडिनु पर्ने बताउनु भयो। उनले नेपालको पहिचान र स्वास्थ्यको हिसावले पनि औषधिमय भएको यो रैथाने बालीहरू पछिल्लो समय मासिदै गएकोमा पनि चिन्ता व्यक्त गर्नु भयो।

यस्तो हाट बजार सिधै किसान र उत्पादन संगै जोडिएकाले देश भरिका सबै स्थानीय तह सम्म सञ्चालन गर्नुपर्ने भएकाले अब तिनै तहको सरकाले यो कार्यमा अगाडी बढन पर्ने बताउनुभयो । रैथानेबाली गाउँमा खाने खानाको पहिचान बनेको तर, स्वास्थ्यका हिसाबले सबैभन्दा राम्रो स्थानीय रैथाने कृषि उत्पादन रहेको समेत बताउनु भयो ।

‘रैथानै हाटबजार’ मेलामा मकवानपुर गढी गाउपलिकाको सबै भन्दा बढी कलिकोला कोदोको पिठोको माग भएको थियो। गाउँ भन्दा सहरमा कोदोको पिठोको महत्वपूर्ण मानिएको र गाउमा भन्दा सहरमा कोदोको महत्व बढी देखिएको मकवानपुरगढी गाउपलिका कृषि शाखा प्रमुख चन्द्रकान्त चौधरीले बताउनुभयो । पछिल्लो समय कोदोको ढिडो होटल, रेष्टुरेन्ट र रिसोर्टमा समेत माग बढ्दै गएपछि काठमाडौमा कोदोको पिठोको माग बढेको चौधरीले बताउनुभयो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*