युट्युबमा चन्द्रयान-३ ले राख्यो नयाँ रेकर्ड

तामसालिङ खबर
८ भाद्र २०८०, शुक्रबार २२:३९

भदौ, काठमाडौं – बुधबार भारतको चन्द्रयान-३ ले चन्द्रमाको दक्षिणी ध्रुवमा सफल अवतरण गरी नयाँ इतिहास राख्दा युट्युबमा नयाँ रेकर्ड कायम भएको छ । युट्युबमा गरिएको चन्द्रयान अवतरणको लाइभस्ट्रिम अर्थात् प्रत्यक्ष प्रसारण ८० लाखभन्दा बढी दर्शकले एकैपटक हेर्दा यो रेकर्ड बनेको हो ।

भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इसरो) ले विभिन्न माध्यमसँगै आफ्नो आधिकारिक युट्युब च्यानलबाट पनि चन्द्रयान-३ अवतरणको प्रत्यक्ष प्रसारण गरेको थियो । सो क्रममा युट्युबमार्फत ८० लाखभन्दा बढीले उक्त मिसनको महत्त्वपूर्ण क्षण लाइभ हेरेका थिए ।

यसअघि सन् २०२२ मा भएको ब्राजिल र क्रोएसियाबीचको विश्वकप फुटबल खेललाई युट्युबमा ६१ लाख दर्शकले युट्युबमार्फत लाइभ हेरेका थिए । सो रकेर्ड चन्द्रयान-३ ले तोडेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*