पर्यटकीय थाहा नगरमा फिल्म फेस्टिबल हुने

तामसालिङ खबर
१० भाद्र २०८०, आईतवार ०८:०४

भदौ, हेटौडा – उत्तरी मकवानपरको पर्यटकीय नगरी थाहा नगरमा थाहा फिल्म फेस्टिबल हुने भएको छ। हेटौडामा शनिबार पत्रकार सम्मेलनमा गर्दै आगामी मंसीर ९ देखी १५ गते सम्म एक साता फिल्म फेस्टिबल हुने भएको हो ।

आन्तरिक पर्यटन प्रबर्द्धन र फिल्मी हब बनाउने उद्धेश्यले फिल्म फेस्टिबल आयोजना गर्न लागेको कार्यक्रम संयोजक प्रमोदकृष्ण जोशीले जानकारी दिनुभयो । महोत्सवमा नेपालका चर्चीत कलाकार निर्माता निर्देशकहरुको सहभागिता रहने उहाँले बताउनु भयो । फेस्टिबलमा सन्देशमुलक चलचित्र, लघु चलचित्र (डकुमेन्ट्री), म्युजिक भिडियो, भ्लग लगायतको प्रदर्शन हुने र नगरपालिका क्षेत्रमा पर्ने पर्यटकीय क्षेत्रहरुका बारेमा जानकारी गराउने जोशीले बताउनुभयो ।

थाहा कला केन्द्रले आयोजना, बागमती प्रदेशको सस्कृति, पर्यटन तथा सहकारी मन्त्रालय र थाहा नगरपालिकाको आर्थिक सहयोगमा हुने फिल्म फेस्टिबलमा पर्यटकीय क्षेत्रको पहिचान गरी फेस्टिबलमा आउने चलचित्रकर्मी र पर्यटन संग प्रत्यक्ष सरोकार राख्ने व्यक्तिहरुलाई उक्त स्थानको अबलोकन गराई छलफल अन्तरक्रिया समेत हुने थाहा कला केन्द्रका अध्यक्ष सानुबाबु मोक्तानले जानकारी दिनुभयो।

कार्यक्रममा थाहा नगर ३ नम्बर वडा अध्यक्ष हिरेन्द्र राइमाझी, फेस्टिबलको उप-संयोजक राजिबकुमार स्याङतान, पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, चलचित्र पत्रकार संघ मकवानपुर अध्यक्ष कपिल खड्का, थाहा नगरपालिका रोजगार शाखा प्रमुख कुमार नेगी, प्रेस संयोजक शम्भु अधिकारी लगायत संचारकर्मीहरुको सहभागीता रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*