असोज देखि तेस्रो मिस्टर मकवानपुर हुने

तामसालिङ खबर
९ भाद्र २०८०, शनिबार ०९:००

भदौ, हेटौंडा – नेपाल शारीरिक सुगठन तथा फिट्नेस महासघले मिस्टर मकवानपुर २०८० आयोजना गर्ने भएको छ । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मिस्टर मकवानपुर २०८० बारे जानकारी गराएको हो ।

यहि असोज १३ गते देखि शुरु हुने मिस्टर मकवानपुरमा ५५, ६०, ६५, ७०, ७५ केजी तौल समूह प्रतिस्पर्धीहरुको सहभागिता हुने महासघका अध्यक्ष राजेश भेटवालले बताउनुभयो। प्रतियोगितामा प्रत्येक तौल समूहको विजेतालाई १० हजार प्रदान गरिने जनाइएको छ ।

त्यस्तै, मिस्टर मकवानपुरको विजेतालाई एक लाख, दोस्रो स्थान हुनेलाई ५० हजार र तेस्रो स्थान हुनेलाई तीस हजार नगद सहित ट्रफि मेडल प्रदान गरिने कार्यक्रम संयोजक सुनिल लोप्चनले बताउनुभयो।

प्रतियोगितामा खेलाडी बढी प्रस्तुत गर्ने क्लबलाई वेस्ट क्लब घोषणा गर्दै नगद २५ हजारले सम्मान गरिने लोप्चनले बताउनुभयो । यस खेलप्रति महिलाको आकर्षण बढाउनको निम्ति महिला खेलाडीद्धारा एकै तौल समूहमा महिलाहरुको पनि प्रतिस्पर्धा समेत रहनेछ ।

त्यस्तै, पुराना खेलाडी र खेल प्रबर्द्धन गर्ने पत्रकारिता क्षेत्र, सामाजिक क्षेत्र, खेलकुद शिक्षा क्षेत्रका एक/एक जना व्यक्तित्वलाई सम्मान गरिने आयोजकले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*