सबैले पढ्न मिल्ने त्रिविको आईटी कोर्ष बीआईसीटीई

तामसालिङ खबर
१ भाद्र २०८०, शुक्रबार ०७:४०

भदौ, काठमाडौं – त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको शिक्षा शास्त्र सङ्कायले ब्याचलर अफ इन्फर्मेसन एन्ड कम्युनिकेसन टेक्नोलोजी एजुकेसन (बीआईसीटीई) मा भर्ना खुला गरेको छ । शिक्षा सङ्कायको डीन कार्यालय, बल्खुले एक सूचना जारी गर्दै यसबारे जानकारी दिएको हो ।

बीआईसीटीईमा भर्ना हुन विद्यार्थीले भदौ १ देखि असोज ४ गतेसम्म आवेदन फाराम बुझाउनु पर्नेछ । विलम्ब शुल्क बुझाएर असोज १२ सम्म विद्यार्थीले फारम भर्न सक्छन् ।इच्छुक विद्यार्थीले यो वेबसाइटमा गई अनलाइन फारमभित्र रहेको ‘Online Entrance Registration’ मार्फत अनलाइन फारम भर्न सक्नेछन् । प्रवेश परीक्षा असोज २२ मा हुनेछ ।

कक्षा ११/१२ मा जुनै विषय लिएका विद्यार्थीले यो विषयमा भर्ना हुन पाउँछन् । तर उनीहरूले न्यूनतम १.८० सीजीपीए वा ‘डी’ प्लस ल्याएको हुनुपर्छ ।

यसमा भर्ना हुन इच्छुक विद्यार्थीले सम्बन्धित कलेजमा सम्पर्क गर्नुपर्ने सूचनामा उल्लेख छ ।
हाल त्रिविको ९ आंगिक र १९ सामुदायिक क्याम्पस गरेर कूल २८ क्याम्पसमा बीआईसीटीई पठनपाठन हुन्छ । हालसम्म कुनै पनि निजी कलेजले यो कोर्ष सञ्चालन गरेको छैन ।

यस विषय पढाइ हुने आंगिक क्याम्पस निम्न छन्:
-सानोठिमी क्याम्पस, भक्तपुर
-महेन्द्र रत्न क्याम्पस, काठमाडौँ
-विरेन्द्र बहुमुखी क्याम्पस, चितवन
-बुटवल बहुमुखी क्याम्पस, रुपन्देही
-सुर्खेत बहुमुखी क्याम्पस, सुर्खेत
-महेन्द्र मोरङ क्याम्पस, मोरङ
-डडेलधुरा बहुमुखी क्याम्पस, डडेलधुरा
-आरआरएम क्याम्पस, धनुषा
-सूर्यनारायण सत्यनारायण मोरबैता यादव बहुमुखी क्याम्पस, सिरहा

त्यसैगरी यो विषय पढाइ हुने सामुदायिक क्याम्पसहरू निम्न छन्:
-आदिकवि भानुभक्त क्याम्पस, तनहुँ
-बालकुमारी कलेज, चितवन
-घोडाघोडी बहुमुखी क्याम्पस, कैलाली
-जन भावना क्याम्पस, ललितपुर
-जनज्योति बहुमुखी क्याम्पस, सर्लाही
-जनमैत्री बहुमुखी क्याम्पस, काठमाडौँ
-काभ्रे बहुमुखी क्याम्पस, काभ्रेपलान्चोक
-मध्यविन्दु बहुमुखी क्याम्पस, नवलपरासी पूर्व
-मकवानपुर बहुमुखी क्याम्पस, मकवानपुर
-महाकवि देवकोटा क्याम्पस, नवलपरासी पश्चिम
-म्याग्दी बहुमुखी क्याम्पस, म्याग्दी
-निलकण्ठ बहुमुखी क्याम्पस, धादिङ
-सहिद स्मृति बहुमुखी क्याम्पस, चितवन
-सप्तगण्डकी बहुमुखी क्याम्पस, चितवन
-सुकुना बहुमुखी क्याम्पस, मोरङ
-वालिङ बहुमुखी क्याम्पस, स्याङ्जा
-त्रियुगा बहुमुखी क्याम्पस, उदयपुर
-जेएस मुरारका बहुमुखी क्याम्पस , सिरहा
-जनता बहुमुखी क्याम्पस सुनसरी

हेर्नुहोस् सूचना

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*