अवैधानिक ढङ्गले नियुक्ति गरिएको प्राध्यापक नहटाए आन्दोलन गर्ने स्ववियुको चेतावनी

तामसालिङ खबर
३१ श्रावण २०८०, बुधबार १६:१७

साउन, हेटौंडा – स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले अवैधानिक ढङ्गले नेपाली विषयको शिक्षक करारमा नियुक्त गरेको भन्दै ध्यानाकर्षण गराएको छ।

नेपाली संकायका प्राध्यापक रामचन्द्र सुवेदीको सेवा निवृत भएपछि एकजना शिक्षक विज्ञापन मार्फत आव्हान गरिएको थियो। तर अवैधानिक रुपमा ३ जना प्राध्यापक नियुक्त गरेको भन्दै स्ववियुले गम्भीर ध्यानाकर्षण गराएको हो ।

स्वतन्त्र विद्यार्थी युनियनका अध्यक्ष छोइसाङ लामा स्याङ्तानको नेतृत्वमा भएको कार्यक्रममा माग अनुसार ७२ घण्टा भित्र प्राध्यापकहरु तत्काल नहटाए आन्दोलीत हुने पत्र मार्फत उल्लेख गरिएको छ ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*