दामनको भ्यु-टावर संचालन गर्न टेन्डर आह्वान

तामसालिङ खबर
२५ श्रावण २०८०, बिहीबार १८:२७

साउन, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरपालिकाले दामनमा रहेको भ्यु-टावरलाई २० वर्ष सम्मका लागि भाडामा सञ्चालन गर्न दिन टेन्डर आव्हान गरेको  छ ।

बिहीबार सूचना जारी गर्दै नगरपालिकाले २० वर्ष अवधिका लागि न्यूनतम एक करोड रुपियाँमा दिनेगरी टेन्डर आव्हान गरेको हो । अघिल्लो ठेकेदार कम्पनीले कोभिड-१९ का कारण रिसोर्ट चल्न नसकेको भन्दै बिचैमा ठेक्का रद्द गरेपछि भुटावर सञ्चालक विहीन भएको थियो।

यस अघि नै १८ लाख मूल्यको टिलिस्कोप जडान गरिसकेको छ । सो टेलिस्कोप र भ्युटावरको रेखदेख ४ नम्बर वडाले गर्दै आएको छ। अब थप व्यवसायिक बनाउने लक्ष्यका साथ नगरपालिकाले ठेक्कामा लगाउने निर्णय गरेको जनाएको छ।

गोरखापत्र दैनिकमा सूचना प्रकाशित गर्दै नगरपालिकाले ३० दिनभित्र बोलपत्र आव्हान गर्न सूचना जारी गरेको हो । सूचनामा सम्झौता सँगै २५ प्रतिशत अर्थात् २५ लाख रकम बुझाउनु पर्ने छ भने पाँच वर्षमा पहिलो किस्ता बापतको ३० प्रतिशत रकम बुझाउनु पर्ने छ। त्यसपछि दोस्रो किस्ता बापत ३० प्रतिशत १२ वर्ष भित्रमा बुझाउनु पर्ने र बाँकी १५ प्रतिशत रकम १९ वर्ष भित्रमा चुक्ता गर्नु पर्ने जनाएको छ ।

आन्तरिक राजश्व कार्यालयमा होटल तथा रिसोर्ट दर्ता गरि आ.व. ०७८/०७९ को कर चुक्ता गरेको फर्मले मात्र टेन्डर हाल्न सकिने जनाएको छ । ठेक्का पार्ने कम्पनीले नगरपालिका संग स्वीकृत गराएको भ्युटावर बाहेक सो परिसरमा अन्य होटल लगायतका संरचना निर्माण गर्न सक्नेछन् ।

सूचना हेर्नुहोस् –

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*