कक्षा १२ को नतिजा नआउँदै त्रिविले स्नातक तह प्रथम वर्षको भर्ना खोल्यो

तामसालिङ खबर
२५ श्रावण २०८०, बिहीबार ०७:४७

साउन, काठमाडौँ – त्रिभुवन विश्वविद्यालयले कक्षा १२ को नतिजा नआउँदै स्नातक तह प्रथम वर्षको भर्ना खोलेको छ।

मानविकी तथा सामाजिक शास्त्र सङ्काय, व्यवस्थापन सङ्काय र विज्ञान तथा प्रविधि अध्ययन संस्थान अन्तर्गतका क्याम्पसहरूमा वार्षिक प्रणालीअनुसार शैक्षिक वर्ष ०८०/०८१ को लागि स्नातक प्रथम वर्षमा नयाँ भर्ना खुला गरेको हो ।

साउन २८ देखि भाद्र मसान्त सम्म आवेदन दिन सकिने जारी सूचनामा उल्लेख छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*