थाहा नगरमा बाढी पहिरो प्रभावितलाई सहारा रिसोर्टले सेल्टर दिने
साउन, हेटौडा (थाहा नगर) – लगातारको बर्षाले गर्दा बाढी पहिरोको जोखिम बढेपछि थाहा नगरपालिकाको नयाँ गाउँमा रहेको होटल सहारा रिसोर्टले बाढी पहिरो बाट प्रभावितको लागि रिसोर्टलाई सेल्टर बनाउने भएको छ ।
रिसोर्टका संचालक हरेराम कार्कीले बाढी पहिरोबाट जोखिममा परेकालाई आफ्नो रिसोर्टमा सहारा दिने बताउदै बाटोमा पहिरोले फसे अटो पठाएर भएपनी रिसोर्ट सम्म ल्याउने ब्यवस्था रहेको जनाउदै आफ्नो व्यक्तिगत नम्बर ९८५१३३६३७७ मा केही परे फोन गर्न आग्रह गर्नुभयो ।
सामाजिक उत्तरदायित्व निर्वाह गर्दै प्राकृतिक प्रकोपमा थाहा नगरपालिका भित्र बसोबास गर्नेलाई जुनसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो।