मकवानपुर गढीमा ८० जना छात्राहरुलाई छात्रवृति वितरण

तामसालिङ खबर
२२ असार २०८०, शुक्रबार ०७:२१

असार, हेटौडा (मकवानपुर गढी) – मकवानपुर गढी गाउँपलिकामा उपाध्यक्ष छात्रवृति कार्यक्रम अन्तर्गत छात्राहरुलाई छात्रबृत्ति प्रदान गरिएको छ । आर्थिक वर्ष २०७९/८० को विनियोजित बजेटबाट गाउँपालिका उपाध्याक्ष छात्रवृत्ति कार्यक्रमा अन्तर्गत ८० जना छात्राहरुलाई छात्रवृति वितरण गरिएको हो।

पालिकाको ८ वटै वडाका ८० जना छात्राहरुलाई छात्रवृति प्रदान गरिएको हो । प्रत्येक वडाबाट १० जनाको दरले नगद १० हजारका दरले रु आठ लाख रुपैया छात्रवृति प्रदान गरिएको हो । माध्यमिक तह कक्षा ११ देखि उच्च शिक्षा अध्ययन गर्ने गरिब, बिपन्न , जेहेन्दार ,छात्रा विद्यार्थीहरुलाई गाउँपालिकाले छात्रवृत्ति प्रदान गरिएको थियो।

परिवारको आर्थिक अभावका कारण छात्रा विद्यार्थीहरुले विद्यालय छाड्नु पर्ने वातावरण नहोस भन्नका लागि उपाध्याक्ष छात्रवृत्ति कार्यक्रम संचालन गरेको गाउँपालिका उपाध्यक्ष मानकुमारी पाख्रिन नेपालीले बताउनुभयो ।

कसैले पनि उच्च शिक्षा अध्यनको लागी आर्थिक अभावकै कारण विद्यालय छाड्ने अवस्था नआओस भन्नका लागि स्थानीय सरकार तर्फबाट पालिकाले यो कार्यक्रम सन्चालन गरि छात्रवृत्ति वितरण गरेको र यो कार्यक्रमले कापी कलम तथा ड्रेस किन्न नसक्ने परिवारका लागि विद्यालय छोडेर गाउँघरमा खेतीपाती नै गरेर आफ्नो जिबिको पार्जन चलाउन पर्न बाध्यता केहि हद सम्म हट्ने यो परिपाटीको अन्त्यका लागि यो कार्यक्रम फलदायी हुने विश्वास लिएको नेपालीले बताउनु भयो ।

बुधबार मकवानपुरगढी वडा नम्बर ७ सुकौराबाट सुरु गरेको छात्रवृति कार्यक्रमा बिहिबार वडा नम्बर ३ का १० जनालाई छात्रवृत्ति प्रदान गरि कार्यक्रमा सम्पन्न भएको छ।

छात्रवृति कार्यक्रम मकवानपुरगढी गाउँपलिका भित्र रहेका माध्यामिक बिद्यालय अध्ययन गर्ने र उच्च शिक्षा अध्यनका लागि मकवानपुर जिल्ला भित्र रहेको अन्य शैक्षिक सस्थाहरुमा अध्ययन गर्न छात्राहरुलाई प्रदान गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*