नारी टेलिभिजन प्रसारणमा

तामसालिङ खबर
२१ असार २०८०, बिहीबार ०७:३२

असार, काठमाडौ – नेपालको पहिलो महिला टिभी च्यानलको रूपमा नारी टेलिभिजन एचडीले बुधबार देखि प्रसारण सुरू गरेको छ।

बुधबार बाजुराको बुढीगंगा नगरपालिकामा एक कार्यक्रम आयोजना गर्दै टेलिभिजनको औपचारिक रूपमा प्रसारण सुरू गरिएको हो। टेलिभिजनमा माइती घर र आजको नारी नामक कार्यक्रम प्रसारण गरिएको छ।

नारीहरूको नसुनिएका कथा, नारी उत्पिडनको व्यथा, समाजका नारीहरूको भूमिका र महत्व, समाज परिवर्तनमा नारीहरूको अग्रसरता जस्ता विषयलाई टिभीले प्राथमिकतामा राख्ने बताइएको छ।

कार्यक्रममा बाजुराका १५ जना एचआईभी पीडित महिलाहरूलाई खाद्यानसँगै ३ महिनाका लागि पोट्रिन डाईट औषधी र १ सय जना एकल महिलालाई दैनिक उपभोग्य खाद्यान सामाग्रीहरु वितरण समेत गरिएको थियो।

फिल्म क्षेत्रलाई लक्षित गरेर १४ वर्षदेखि प्रसारण हुँदै आएको टेलिभिजन च्यानल ‘टिभी फिल्मी’ लाई ‘नारी टिभी’ को रूपमा प्रसारणमा ल्याइएको हो। च्यानलकी अध्यक्ष निकिता पौडेल हुन्। महिलाहरूका हकहित, अधिकारका निमित्त नारी टिभी क्रियाशिल रहने उनले बताइन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*