जनमतलाई सरकारमा समेट्ने सत्ता गठबन्धनको निर्णय

तामसालिङ खबर
१८ असार २०८०, सोमबार २०:४१

असार, काठमाडौं – सत्ता गठबन्धनको बैठकले जनमत पार्टीलाई पनि सरकारमा समेट्ने निर्णय गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकल उक्त निर्णय गरेको हो ।

‘जनमत सरकारमा आउँछ भने सरकारमा ल्याउने समेट्ने समझदारी भयो । कुन मन्त्रालय दिने प्रधानमन्त्रीले मिलाउनु हुनेछ’ एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डेले भने ।

जनमत सरकारमा आएमा माओवादीकै कुनै मन्त्रीलाई फिर्ता बोलाएर ल्याउने तयारी गरिएको छ । आइतबार प्रधानमन्त्री प्रचण्डले जनमत पार्टीका अध्यक्ष सिके राउतलाई भेटेर सरकारमा आउन प्रस्ताव गरेका थिए । सरकारमा आउन वातावरण मिलाए आउन तयार रहेको राउतले बचन दिएका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*