जंगली च्याउ खाँदा एकै परिवारका ५ जना बिरामी

तामसालिङ खबर
१८ असार २०८०, सोमबार २०:२७

असार, हेटौडा (बागमती) – मकवानपुरको बागमती गाउँपालिका ७ मा जङ्गली च्याउ खाएर एकै परिवारका ५ जना घाइते भएका छन् ।

फापरबारी स्वास्थ्य चौकीमा सामान्य उपचारपछी सबैलाई हेटौंडा अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ।

बिरामी हुनेमा ४५ बर्षिय रेशम बिक, २५ बर्षिय पदम बिक, २३ बर्षिय मदन बिक, १८ बर्षिय सपना बिक र ३० बर्षिय पर्बित बिक रहेको बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले जानकारी दिनुभयो।

घाइतेहरुलाई उच्च जोरो आइरहेको र अबस्था सामान्य हुंदै गएको अस्पतालले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*