मन्त्री श्रेष्ठको पहलमा सिन्धुलीको घ्याङ्लेखमा टेलिकमकाे फोरजी सेवा

तामसालिङ खबर
१८ असार २०८०, सोमबार ११:४७

असार, सिन्धुली – जिल्लाको घ्याङलेख गाउँपालिकामा नेपाल टेलिकमकाे फाेरजी सेवा शुरु भएकाे छ ।

बागमती प्रदेश सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा कानूनमन्त्री गंगानारायण श्रेष्ठको पहलमा जिल्लाको घ्याङ्लेख गाउँपालिका- ५ सिंपालमा नेपाल टेलिकमको फोरजी सेवा सुरु भएको छ । १० वर्षे माओवादी जनयुद्धमा ‘पूर्वको रोल्पा’ भनेर चिनिने यस पालिकामा शनिवारदेखि फोरजी सेवा सञ्चालनमा आएको हो।

यस टावरमा छिट्टै टुजी सेवा पनि सञ्चालनमा ल्याइने मन्त्री श्रेष्ठले जानकारी दिए । यही क्षेत्रबाट बागमती प्रदेश सभा सदस्यमा विजयी भएका मन्त्री श्रेष्ठले निर्वाचित हुनेबित्तिकै यस ठाउँलाई पनि संचारमैत्री बनाउने प्रतिबद्धता गरेका छोटो समयमै पूरा गरेकाे बताएका छन् ।

यस अघि पालिकाको ४ नम्बर वडाको चौकीडाँडामा पनि नेपाल टेलिकमको फोरजी सहितको सेवा सञ्चालनमा ल्याइसकेकाे मन्त्री श्रेष्ठले जानकारी दिनुभयाे ।

यस पालिका मानव विकास सूचकांकमा निकै पछि रहेको छ । बागमती प्रदेशभित्र रहेका ११९ पालिकामध्ये मानव विकास सूचकांकमा ११७ नम्बरमा रहेको यस पालिकाको समग्र विकासका लागि विशेष जोड दिने मन्त्री श्रेष्ठकाे प्रतिबद्धता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*