हेटौंडाको सडक विस्तार गर्ने उपमहानगरपालिकाको निर्णय

तामसालिङ खबर
१६ असार २०८०, शनिबार १८:२३

असार, हेटौडा – हेटौंडा उपमहानगरपालिकाले बजार क्षेत्रको सडक विस्तार गर्ने निणर्य गरेको छ । उपमहानगरपालिकाको शनिबार बसेको बैठकले हेटौंडा बजार क्षेत्रको सडक विस्तार गर्ने सर्वसम्मत निणर्य गरेको हो ।

सडक डिभिजन कार्यालय हेटौंडाले ३५ दिनभित्र सडकको दायाँबायाँ २५-२५ मिटर भित्र रहेका घर टहरा हटाउन सूचना जारी गरेको करिब साता दिन भित्रै उपमहानगरपालिकाले साथ दिदै सडक विस्तार गर्ने निणर्यमा पुगेको छ ।

हेटौंडाको सडक विस्तारका विषयमा परेको मुद्दामा सर्वोच्च अदालतको मिति २०७८-९-१९ को उत्प्रेरण आदेश मार्फत् सडकको बीचबाट २५-२५ जग (७५-७५ फिट) कायम भएको उल्लेख भएको थियो ।

अदालतका अनुसार अब सडकलाई फराकिलो पार्दै प्रदेश राजधानी हेटौंडाको विकासका लागि महत्वपूर्ण निणर्य लिने अवसर नेतृत्वलाई आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*