भारतको प्रतिष्ठित डुरान्ड कपमा नेपाली टिम

तामसालिङ खबर
१६ असार २०८०, शनिबार ०७:५१

असार, काठमाडौँ – भारतको प्रतिष्ठित र एसियाकै सबैभन्दा पुरानो फुटबल प्रतियोगिताको यस पटकको संस्करणमा नेपाली टिमको पनि सहभागिता रहने भएको छ ।

विश्व फुटबलकै तेस्रो पुरानो प्रतियोगितामा २७ वर्षपछि विदेशी टिमलाई सहभागी गराउन लागेको भारतीय मिडियाले जनाएको छ । प्रतियोगिता १ सय ३२ औं संस्करण हुनेछ र यो अगस्ट ३ देखि सेप्टेम्बर ३ सम्म भारतको कोलकातामा आयोजना हुनेछ ।

नेपालको तर्फबाट नेपाली सेनाको टिम हुनेछ । नेपाल सँगै भुटान र बंगलादेशको सेना टिमले पनि सहभागिता जनाउने छन् । डुरान कपको पहिलो संस्करण सन् १८८८ मा आयोजना भएको थियो । सन् २०२२ को पछिल्लो संस्करणको उपाधि बेंगलुरु एफसीले जितेको थियो । फाइनलमा उसले मुम्बई एफसीलाई पराजित गरेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*