युवा र महिलाको बजेट कार्यक्रममा अपाङ्गता भएको व्यक्तिको अधिकार छ – मन्त्रि मोक्तान

तामसालिङ खबर
१३ असार २०८०, बुधबार १८:५५

असार, हेटौडा – बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले युवा र महिलाको कार्यक्रम र बजेटमा अपाङगता भएका ब्यक्तीको अधिकार रहेको बताउनु भएको छ । बुधबार मन्त्रालयको आयोजनामा अपाङगता भएका ब्यक्तीहरुलाई सहायता सामग्री बितरण गर्ने कार्यक्रममा बोल्दै उहाँले यस्तो बताउनुभएको हो।

मन्त्री मोक्तानको अनुसार अपाङगता भएका ब्यक्ती युवा र महिलाको पनि हुने हुनाले उक्त बिषयमा बिनियोजित बजेत तथा कार्यक्रम माथी अधिकार रहेको बताउनुभयो। यो पटक बजेटको सिलिङ नै घटेर आएकोले मन्त्रालयले अपाङगता भएका ब्यक्तीको लागि ल्याएको कार्यक्रम पर्याप्त नहुन सक्छ, यद्यपी अन्य क्षेत्रसंग पनि मिलाएर हामी अभिभाबकत्व निर्बाह गर्न चुक्दैनौं । उहाँले भन्नु भयो।

सरकारको सिमित श्रोत साधन र बजेटको कारण असिमित समस्याको समाधान गर्न नसकेपनि न्युनिकरणको प्रयत्न गरिने बताउनुभयो । उहाँले मन्त्रालयले हस्तान्तरण गरिरहेको सहायता सामग्री प¥याप्त नभएपनि राहत भने हुने जनाउनुभयो ।

कार्यक्रममा ७० जना अपाङगता भएका ब्यक्तीहरुको लागि सहायता सामग्री प्रदान गरिएको छ । मन्त्रालयको १५ लाख बजेटमा गुणस्तरिय सामग्री हस्तान्तरण गरिएको मन्त्रालयले जनाएको छ । सामग्रीहरुमा ह्विल चियर, कृत्रिम खुट्टा, बैसाखी, श्रबण यन्त्र, फोडिङ बेड, सेतो छडी आदी रहेको बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*