बागमती प्रदेशसभाको पाँचवटा विषयगत समिति निर्माण
असार, हेटौँडा – बागमती प्रदेशसभामा पाँचवटा बिषयगत समिति निर्माण भएको छ ।
मंगलबार बसेको प्रदेशसभा बैठकमा सभामुख भुवन पाठकले समितिमा रहने प्रदेश सभा सदस्यहरुको नाम पढेर सुनाएका थिए ।
प्रदेशसभामा रहने प्रदेश मामिला समिति, उद्योग पर्यटन वन तथा वातावरण समिति, अर्थ तथा विकास समिति, सार्वजनिक लेखा समिति, शिक्षा स्वास्थ्य तथा कृषि समिति निर्माण भएको छ ।