हेटौंडा अस्पतालमा ६ महिनाभित्र मृगौला प्रत्यारोपण सेवा सुरु हुने

तामसालिङ खबर
१३ असार २०८०, बुधबार ०६:२०

असार, हेटौडा – हेटौंडा अस्पतालमा ६ महिनाभित्र मृगौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ ।

मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा संचालित हेटौंडा अस्पतालमा शहिद धर्मभक्त प्रत्यारोपण केन्द्र भक्तपुरको सहयोगमा मृगौला प्रत्यारोपण सेवा सुरु गरिने भएको अस्पतालको निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा.रामचन्द्र सापकोटाले जानकारी दिए ।

मेसु डा.सापकोटाले शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुरको सहकार्यमा हेल्थपाटी डटकमले आयोजना गरेको अंगदान र प्रत्यारोपण सम्बन्धी अन्तरक्रिया कार्यक्रम बोल्दै सो कुराको जानकारी गराएका हुन् । चालु आर्थिक वर्षको प्रदेश सरकारले हेटौडा अस्पताललाई प्रत्यारोपण सेवा सुरु गर्न अनुदान स्वरुप ९ करोड रुपैंया अनुदान दिएको थियो ।

उक्त रकम उपकरण खरिद र पूर्वाधार विकासमा खर्च गरी प्रत्यारोपण सेवा सुरु गर्न तयारी अवस्थामा रहेको मेसु सापकोटाले बताए । उनले आगामी वर्ष (२०८०/८१) को बजेटमा पनि प्रत्यारोपण सेवा शीर्षकमा ४ करोड रुपैंया विनियोजन भएको बताए ।

हेटौंडा अस्पतालमा विगत ३ वर्षदेखि डाइलाइसिस सेवा सुरु गरिएको बताउँदै उनले अहिले पनि महिनामा करीब ५० जना मृगौलाका बिरामी डाइलाइसिसका लागि पालो कुर्नपर्ने बाध्यता रहेको उल्लेख गरे ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*