जेसीजको आयोजनामा बिद्यार्थीलाई जीवनका तत्व र अध्ययनमा केन्द्रीत हुने प्रशिक्षण
असार, हेटौडा (थाहा नगर) – पालुङ जेसीज बर्ष २०२३ को आयोजनामा थाहा नगरका माध्यमिक तहमा अध्ययन गर्ने बिद्यार्थीहरुलाई जीवन उपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत हुने उपायहरुका बारेमा एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।
मंगलबार थाहा नगरको जनकल्याण माबिको संग सहकार्यमा भएको उक्त कार्यक्रम जेसीज हलमा आयोजना गरिएको थियो । कार्यक्रममा जनकल्याण माबि पालुङ, पालुङ मोर्डन ईङ्लिस मिडियम स्कुल, पालुङ भ्याली हार्ट एकेडेमी, झंकेश्वरी माबि र हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलका ३ सय ८५ जना बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।
कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष रजनी थापाले सहजीकरण गर्नुभएको थियो। माध्यमिक तहमा अध्ययनरत बिद्यार्थीहरुलाई जीवनोपयोगी सिपका साथै अध्ययनमा केन्द्रीत गराउनको लागि यस कार्यक्रमको आयोजना गरिएको पालुङ जेसीज बर्ष २०२३का कोषाध्यक्ष माधव कार्कीले बताउनुभयो ।
कार्यक्रम पालुङ जेसीज बर्ष २०२३ का उपाध्यक्ष अजय कार्कीको संयोजकत्वमा भएको थियो। पालुङ जेसीज बर्ष २०२३ का अध्यक्ष संगम कार्कीको अध्यक्षतामा भएको कार्यक्रम थाहा नगरपालिकाका उपप्रमुख तथा पालुङ जेसीज बर्ष २००८ का अध्यक्ष भरत गोपालीको प्रमुख आतिथ्यता रहेको थियो।
कार्यक्रममा नेपाल जेसीजका निरुपित राष्ट्रिय उपाध्यक्ष सोनी श्रेष्ठ, पालुङ जेसीजका पूर्व अध्यक्षहरु सानोभाई कार्की, सुरेन्द्रमान प्रधान, धर्मलाल प्रधान, मनोज रायमाझी, हिमालयन ईङलिस सेकेन्डरी बोर्डिङ स्कुलका प्रिन्सिपल बाबुलाल कार्की लगायतको आतिथ्यता रहेको थियो।
त्यस्तै पालुङ जेसीजका कोषाध्यक्ष माधव कार्की, कार्यकारिणी उपाध्यक्ष दीपा बल, उपाध्यक्ष अजित कार्की लगायत पदाधिकारीहरुको उपस्थिति रहेको थियो।
पालुङ जेसीज बर्ष २०२३ का महासचिव सञ्जय गोपालीले सञ्चालन गर्नुभएको कार्यक्रममा कानुनी सल्लाहकार निरज रायमाझीले स्वागत मन्तब्य ब्यक्त गर्नुभएको थियो।
त्यस्तै, सोहि अवसरमा सातौं एसियन गोजुरियो कराते प्रतियोगितामा थाहा नगरपालिकाबाट सहभागीता जनाई ५ स्वर्ण, २ रजत र २ कास्य पदक बिजेता खेलाडी र प्रशिक्षक तथा निर्णायक मानसिङ दोङलाई सम्मान समेत गरिएको थियो ।