बागमतीको कृषकलाई भुरा माछा र बाख्रालाई घाँस दिने टाट्नो वितरण

तामसालिङ खबर
१० असार २०८०, आईतवार ०७:४५

असार, हेटौडा (बागमती) – मकवानपुरको बागमती गाउँपालिकामा माछा पालनको लागि माछाको भुरा र बाख्रालाई घाँस दिने टाट्नो वितरण गरिएको छ ।

वितरण कार्यक्रममा बोल्दै पालिका अध्यक्ष सर्केश घलानले किसानलाई उत्साहित बनाउदै र आत्मा निर्भर बनाउने उदेश्यले भुरा माछा र बाख्रालाई घाँस दिने टाट्नो वितरण गरिएको बताउनु भएको छ। सरकारले कृषकहरुलाई दिएको प्रोत्साहनलाई सिरोपर गर्दै इमानदार भएर आफ्नो ब्यवसायलाई निरन्तरता दिन अध्यक्ष घलानले सुझाव दिनु भएको छ।

पालिकाको ९ ओटै वडाहरुलाई समेटेर माछाको भुरा र बाख्रालाई घाँस दिने टाट्नो वितरण गरिएको पशु शाखाले जानकारी दिएको छ । २९ ओटा बाख्रालाई घाँस दिने टाट्नो, ४ लाख भुरा माछा अर्थात १ सय ७४ पोका भुरा माछा वितरण गरिएका छन । भुरा माछा रहु ,नैनी, ग्रासकार्प ,कमन कार्प ,बिगहेड लगायतको प्रजातीको माछा वितरण भएको पशु शाखा प्रमुख राजेन्द्र गोलेले जानकारी दिएको छ।

कार्यक्रममा प्रशासकीय अधिकृत झम्कनारायण घलान, वडा नम्बर २ का अध्यक्ष जनक पहरी, वडा नम्बर १ का अध्यक्ष यहुन्न राई लगायत भुरा माछा र बाख्राको टाट्नो लिने कृषकहरुको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*