वीरका सात सय शैयामा बिरामीका लागि निःशुल्क

पत्रपत्रिकाबाट
९ असार २०८०, शनिबार ०७:१५

असार, काठमाडौ – वीर अस्पतालमा शुक्रबार देखि बिरामीका लागि निःशुल्क शैयाको व्यवस्था गरिएको छ।

चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको कार्यकारी परिषद्ले शुक्रबारदेखि बिरामीका लागि सात सय साधारण शैयामा लाग्ने शुल्क निःशुल्क गर्ने निर्णय गरेको अस्पतालका निर्देशक डा. सन्तोष पौडेलले जानकारी दिए।

उनले स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहनबहादुर बस्नेतको विशेष पहलमा निःशुल्क शैयाको व्यवस्था गरिएको बताए। उनका अनुसार अस्पतालले सात सय साधारण शय्या निःशुल्क गरेको छ।

मन्त्रालयको पहलमा शय्याबापत आउने पैसाको शोधभर्ना गर्नेगरी सर्वसाधारणका लागि निःशुल्क गरिएको निर्देशक डा. पौडेलले जानकारी दिए। यसअघि शैयामा प्रतिदिन दुई सय रुपैयाँ शुल्क लाग्ने गरेको थियो। अस्पतालमा क्याबिन, सघन उपचारकक्ष (आइसियू) गरी नौ सय ६० शय्या रहेका छन्।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*