अपाङ्गता भएकै कारण पढ्न पाउने अधिकारबाट बन्चित नहुने – उपाध्यक्ष पुलामी

तामसालिङ खबर
८ असार २०८०, शुक्रबार ०७:५०

असार, हेटौडा (मनहरी) – मनहरी गाउँपालिकामा अपाङ्गता भएकै कारण पढ्न पाउने अधिकारबाट बन्चित नहुने पालिका उपाध्यक्ष सीता पुलामी मगर ‘रेखा’ले बताउनु भयो।

बिहिबार पालिकाको विभिन्न ७ वटा बिद्यालयमा अध्ययनरत २३ जना अपाङ्गता भएका बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण गर्नु हुँदै पालिका उपाध्यक्ष पुलामीले अपाङ्गता भएकै कारण पढन पाउने अधिकारबाट बन्चित नहुने बताउनु भएको हो। यदि कतै त्यस्तो समस्या देखिएको छ भनि खबर गर्न समेत बताउनु भयो। आगामी दिनमा स्थानीय सरकार र ब्यक्तिगत रुपमा पनि अपाङ्गताको क्षेत्रमा साथ र समन्वयकारी भुमिकामा रहने समेत प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

शैक्षिक सामग्री बितरण कार्यक्रममा मनहरी गाउँपालिका २ नम्बर वडा अध्यक्ष राजकुमार पाख्रिनले बिगतमा भएका परिबर्तनका लागि भएका आन्दोलनको जगमा टेकेर संविधान निर्माण भएपछी सबै क्षेत्रको हक अधिकार सुनिश्चित गर्ने क्रममा अपाङ्गता भएका ब्यक्तिहरुको अधिकारलाई राज्यले पूर्णतय कार्यान्वयन हुने बताउनु हुँदै अब राज्यले सबै क्षेत्रमा समुचित लगानी गर्ने बताउनुभयो ।

अपाङ्गता भएका बिधार्थिलाई गाउँपालिकाको आर्थिक सहयोगमा अपाङ्ग स्वाबलम्बन जीवन पद्धति सेवा केन्द्रले शैक्षिक सामाग्री बितरण गरेको छ । समुदायमा आधारित पुनःस्थापन कार्यक्रम अन्तर्गत अपाङ्गता भएका बिद्यार्थीहरुकालागी शैक्षिक सामाग्री बितरण गरिएको सस्थाका जिल्ला अध्यक्ष दिल बहादुर स्याङ्बोले जानकारी दिनुभयो । शैक्षिक सामाग्रीहरुमा कपी, स्कुल ड्रेस, झोला, कलम लगाएत अन्य सामाग्री रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*