६ जना पत्रकार सम्मानित
असार, हेटौडा (बागमती) – असार, हेटौडा (बागमती) – समाचार लेखन मार्फत योगदान पुर्याएको भन्दै मकवानपुरको बागमती गाउँपालिकाले ६ जना पत्रकारलाई सम्मान गरिएको छ। गाउँपालिकाले बुधबार आयोजना गरेको अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा सभामा ६ जना पत्रकारलाई सम्मान गरिएको हो।
सम्मानित हुनेहरुमा तामसालिङ खबर डटकमका दिलबहादुर लामा, समृद्ध समाज राष्ट्रिय दैनिकका रबिन्द्र वाईवा, बागमती सन्देशका आशिष तामाङ, रेडियो झुरझुरेका विवेक सिन्तान, मेरो हुलाकी डटकमका बिशालकुमार राई र इन्फो नेपाल संवाददाता बसन्त भण्डारी लगायत सम्मानित हुनु भएको छ।
गाउँपालिकाको विभिन्न गतिबिधि तथा शिक्षा क्षेत्रमा समाचार लेखन मार्फत सहयोग पुर्याएको भनी जनही नगद ५ हजार सहित सम्मानपत्र प्रदान गरेको छ । सोहि कार्यक्रममा पालिकालाई राष्ट्रिय स्तरमा चिनाउन सफल २ खेलाडी, अनिबार्य तथा नि:शुल्क शिक्षा घोषण सम्बन्धि चेतना मुलक सडक नाटक प्रस्तुत गर्ने बिद्यार्थी कलाकार टिमलाई सम्मान गरिएको थियो।
बागमती गाउँपालिकाले पालिकालाई अनिवार्य तथा निशुल्क शिक्षा घोषणा गरेको छ । बागमती प्रदेशको शिक्षा विकास निर्देशनालय र पालिकाबीच भएको सम्झौता अनुसार पालिकाले अनिवार्य तथा नि:शुल्क शिक्षा घोषणा गरेको हो ।