बाढी प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतमा तीव्रता दिन प्रधानमन्त्रीलाई आग्रह

तामसालिङ खबर
४ असार २०८०, सोमबार ०९:५३

असार, काठमाडौ – ताप्लेजुङ र पाँचथरका नेताहरुले बाढी पहिरो प्रभावित क्षेत्रमा बेपत्ता भएकाको खोजी, राहत र पुनस्र्थापनाको काममा तीव्रता दिन प्रधानमन्त्रीलाई आग्रह गरेका छन् ।

आज बिहान प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) लाई भेटेर नेताहरुले ताप्लेजुङ, पाँचथर र संखुवासभामा बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएको जानकारी गराउँदै बेपत्ता भएकाको खोजी, राहत र पुनस्र्थापनाको काममा तीव्रता दिन आग्रह गरेका हुन् ।

उनीहरुले तत्कालका लागि टेन्ट, खाद्यवस्तु, भाडाकुँडा र लत्ताकपडा उपलब्ध गराउन माग गरे । साथै सडक र पुल भत्किएका ठाउँमा तत्काल वैकल्पिक व्यवस्था मिलाउन पनि माग गरे । भेटमा प्रधानमन्त्री प्रचण्डले बाढी पहिरोबाट भएको धनजनको क्षतिप्रति दुःख व्यक्त गर्दै बाढीपहिरोमा परी बेपत्ता भएका नागरिकहरूको खोजी, उद्धार र राहतका निम्ति सम्पूर्ण राज्यसंयन्त्र परिचालन गरेको बताएका थिए ।

बाढी पहिरोले पुर्याएको क्षतिको सम्पूर्ण विवरणबारे आफू जानकार रहेको भन्दै प्रधानमन्त्री प्रचण्डले यातायात सम्पर्क टुटेको स्थानमा युद्धस्तरमा बेलिब्रिज निर्माण गर्न निर्देशन दिइसकेको जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले तत्काल पहलकदमी लिन गृह, रक्षा र भौतिक मन्त्रालयलाई निर्देशन दिइएको बताउँदै खाद्यान्न, आवास र स्वास्थ्य सम्बन्धी आवश्यक सामग्री तत्काल पठाइने पनि बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*