वनकरियालाई पाडी वितरण

तामसालिङ खबर
५ असार २०८०, मंगलवार ०७:२५

असार, हेटौडा (मनहरी) – मनहरी गाउँपालिकाले सिमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरेको छ । पालिकाको वडा नं ४ मा बसोबास गर्दै आएको सीमान्तकृत वनकरिया जातीलाई पाडी वितरण गरीएको हो ।

सोमबार वनकरिया बस्तीमा पाडी हस्तान्तरण गर्दै गाउँपालिका उपाध्यक्ष सीता पुलामी मगरले उनीहरुको जिविकोपार्जनमा ठुलो सहयोग पुग्ने विश्वासका साथ हस्तान्तरण गरिएको बताउनुभयो । सीमान्तकृत वनकरियालाई संरक्षण मात्र नभई उनीहरुलाई आयआर्जनमा पनि स्थानीय सरकारले सहयोग पुर्याउँदै अघि बढिरहेको उहाँले बताउनुभयो।

गाउँपालिकाको वार्षिक कार्यक्रम अन्तर्गत उनीहरुलाई तीन लाख बजेटबाट १० वटा पाडी वितरण गरीएको उपाध्यक्ष पुलामीले बताउनुभयो । वितरण पश्चात ४ नं वडा अध्यक्ष प्रकाश थापाले ६ वर्ष सम्म पाडीको राम्रो स्याहार सुसार गर्न सके वनकरिया जातीमा आत्मनिर्भर हुने बाटो रहने बताउनुभयो ।

उहाँले अबको २ देखि ३ वर्ष सम्ममा यसले उत्पादन सुरु गर्छ जसबाट थप पाडापाडी हुन्छ र दुध बेचेर आयआर्जन गर्न समेत सकिने बताउँदै पाडीलाई आवश्यक औषधी उपचारका लागि गाउँपालिकाको पशु शाखा सँग समन्वय गर्न पनि समेत अनुरोध गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*