राक्सिराङमा आगामी नीति निर्माणका लागि सरोकारवालासँग सुझाव संकलन
जेठ, हेटौडा (राक्सिराङ) – राक्सिराङ गाउँपालिकाले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि नीति, कार्यक्रम तथा वजेट तर्जुमा सन्दर्भमा सरोकारवालाहरुसँग सुझाव संकलन कार्यक्रम गरेको छ । शुक्रबार गाउँपालिकाको सभाहलमा सो कार्यक्रम संचालन गरीएको हो।
‘गत वर्ष पनि हामीले यसैगरी छलफल र सुझावको आधारमा निती निर्माण तथा वजेट तर्जुमा गरेका थियौ’ उहाँले भन्नुभयो, ‘त्यसैले पनि हामीलाई राम्रो परिणाममुखी वजेट निर्माण गर्न सहयोग पुर्यायो” । सबैको सहकार्यबाट निर्माण गरीएको वजेटको अपनत्व लिन सबै सरोकारवालाहरुले छाती फराकिलो पार्नु पर्ने पालिका उपाध्यक्ष बनस्तम थिङको भनाई छ।
कार्यक्रममा सुझाव दिँदै सम्पुर्ण राजनितीक दलबाट प्रतिनिधित्व गर्नुभएका नेपाली कांग्रेस राक्सिराङ गाउँपालिका सभापती बिरेन्द्र जिम्बाले बिभिन्न विषयगत क्षेत्रहरुमा सुधार गर्नुपर्ने बताउनुभयो । कृषी देखि पर्यटन लगायत सबै क्षेत्रलाई समानान्तर हिसाबले समेट्न सके सबै राक्सिराङ्बासीको शिर ठाडो रहने बताउनुभयो।
कार्यक्रमका सभाध्यक्ष समेत रहनुभएका गाउँपालिका अध्यक्ष राजकुमार मल्लले आगामी वर्षमा सबैको भावना समेटिएको नीति, कार्यक्रम तथा वजेट तर्जुमा गरीने प्रतिवद्धता जनाउनुभयो। “राक्सिराङ्गमा धेरै समस्या छ तर अब सधैँभरी हामी पिछडिएको भनेर मात्र सुख पाउँदैनौँ” उहाँले भन्नुभयो, “कुनै पनि हालतमा यो ठाउँको विकास गर्ने ठेक्का पाएका हौँ , त्यो पुरा गरेरै छाड्नुपर्छ”। आगामी आर्थिक स साना विकासे वजेट छर्नेमात्र होइन परिणाममुखी वजेट विनियोजन गरी सम्पन्न गर्ने आयोजनाहरु निर्माण गर्छौँ ।
कार्यक्रममा, १ नं वडा अध्यक्ष बाबिराम मुक्तान, ३ नं वडा अध्यक्ष उत्तम वाइवा, ५ नं वडा अध्यक्ष हरि बहादुर प्रजा, ने.क.पा माओवादी केन्द्र राक्सिराङ्गका अध्यक्ष हस्त बहादुर मुक्तान, राष्ट्रिय स्वतन्त्र पार्टि राक्सिराङ्गका सभापती राजन मल्ल लगायतको उपस्थिति रहेको कार्यक्रमलाई प्रमुख प्रशासकीय अधिकृत देवचन्द्र गर्तौलाले सहजिकरण गर्नुभएको थियो।