बालश्रम अन्त्यको लागि बालबालिका व्यवस्थापनको नीति आवश्यक छ : अध्यक्ष कालाखेती

तामसालिङ खबर
३ असार २०८०, आईतवार ०८:२२

असार, हेटौडा (मनहरी) – बालश्रम अन्त्यको लागि बालबालिका व्यवस्थापनको नीति आवश्यक रहेको मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले बताउनु भएको छ।

शनिबार गाउँपालिकाद्धारा आयोजीत सरोकारवालासँग अन्तर्कृया कार्यक्रममा बोल्नु हुँदै अध्यक्ष कालाखेतीले विपन्न वर्गलाई नि:शुल्क स्वास्थ्य तथा शिक्षा प्रदान गरी रोजगारीको व्यवस्थापन गर्न सके मात्र बालश्रम अन्त्य हुने बताउनु भयो।

उहाँको अनुसार बालबालिकालाई श्रमबटा रोक्नु मात्र समाधान नभई तिनिहरुको बाध्यता र समस्याको समाधान गर्नु स्थानिय सरकारको पहिलो प्राथमिकता हो ।

त्यस्तै, मनहारी गाउँपालिकाका सामाजिक विकास संयोजक तथा ३ नम्बर वडा अध्यक्ष अनन्त प्रकाश अर्यालले बालबालिकाको क्षेत्रमा गरिएका कार्यक्रमहरु व्यर्थ भएको बताउनु भयो। प्रभावकारी योजना बिना गरिएको कार्यक्रमले कुनै नतिजा नदिएको भन्दै नयाँ योजनाका साथ अघि बढ्नुपर्ने उहाको भनाइ छ ।

त्यस्तै गरि, प्रमुख प्रशासकीय अधिकृत मोहन श्रेष्ठले बालश्रम अन्त्यका लागि सबै सरोकारवाला पक्ष एक हुनुपर्नेमा जोड दिनु भयो। सबै व्यवसायीले आफ्नो व्यवसायीक स्थलमा बालश्रम नगराईएको स्वःघोषणा सहित स्टिकार टाँस गर्न आवश्यक रहेको छ । कार्यक्रममा विभीन्न संघ संस्थाका प्रतिनिधि , प्रहरी प्रतिनिधि, व्यवसायीक प्रतिनिधिहरु लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*