हेटौंडा उपमहानगरपालिकाले ल्यायो, २ अर्व ६० करोडको बजेट (पूर्णपाठ सहित)

तामसालिङ खबर
२ असार २०८०, शनिबार १५:३१

असार, हेटौडा – हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम कार्यान्वयनका लागि २ अर्व ६० करोड ६५ लाख ४० हजार ८०० रुपैयाँ बजेट सार्वजनिक गरेको छ । शनिबार उपमहानगरको १३ औँ नगरसभामा उप प्रमुख राजेश बानियाँले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम र बजेट प्रस्तुत सार्वजनिक गरेका हुन् ।

बानियाँका अनुसार अनुमानित बजेटमध्ये खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक स्रोतबाट ८३ करोड ६६ लाख ६२ हजार, राजस्व बाँडफाँडबाट ५९ करोड १४ लाख, प्रदेश सरकारको विभिन्न अनुदानबाट ३ करोड ३४ लाख र संघीय सरकारबाट १ अर्ब १४ करोड ५० लाख रुपैयाँ रहेको छ ।

सामाजिक विकासतर्फ ९२ करोड ९२ लाख, पूर्वाधार विकासमा ३८ करोड ४० लाख रुपैयाँ, आर्थिक विकासतर्फ ११ करोड ६७ लाख तथा वातावरण तथा विपद् व्यवस्थापनमा ७ करोड १५ लाख विनियोजन गरिएको छ । एकीकृत बसपार्क तथा टर्मिनल भवन निर्माण गर्न ८ करोड, हेटौंडा–४ मा बासुदेव बहुउद्देश्यीय व्यापारिक भवन निर्माण गर्न २ करोड, चालु आवमा सम्झौता भइ जिम्मेवारी सर्ने योजनाको भुक्तानीका लागि २१ करोड २२ लाख र पदमपोखरी मुख्य सडक विस्तार कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ विनियोजन गरेको छ ।

हेटौंडा अस्पतालको स्तरोन्नतिका लागि ८० लाख, अटो भिलेज निर्माण गर्न ८० लाख, तामाङ्ग संग्रालयको लागि ५० लाख, पिप्लेक्याम्पा रंगशाला स्तरोन्नतिका लागि ५० लाख रुपैयाँ विनियोजन गरिएको उपमेयर बानियाँले जानकारी दिए । वडा गौरवको योजनाका लागि ३ करोड ४० लाख रुपैयाँ विनियोजन गरिएको छ ।

पूर्ण पाठ हेर्नुहोस् –

 

आ.व. २०८०।८१ को नीति तथा कार्यक्रम hetauda

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*