ढिलासुस्ती भएको सुचना लगतै पालिका अध्यक्ष घलानद्वारा राईगाउ सडक अनुगमन

तामसालिङ खबर
२ असार २०८०, शनिबार ०७:५३

असार, हेटौडा (बागमती) – पुर्बी मकवानपुरको राईगाउँमा सडक निर्माण कार्यमा ढिलासुस्ती र सडकको मापदण्ड अनुरुप प्रयोग गर्नुपर्ने सामग्रीको प्रयोग नभएको सूचना पाएपछि पालिका अध्यक्ष सर्केश घलानको नेतृत्वमा प्राविधिक र सडकको कर्मचारी सडक निर्माण स्थलमा अनुगमन गर्न पुगेका छन।

निर्माण कार्यमा कुनै किसिमको तलमाथि गरिएको थाहा पाएमा कानुन अनुसार अघि बढ्नुपर्ने दिन आउन सक्छ, सतर्क भई मापदण्ड अनुरुप काम गर्नु होला, अध्यक्ष घलानले भने। समयमै काम सम्पन्न गर्न निर्माण ब्यवसायीलाई अध्यक्ष घलानले सुझाब दिनु भएको छ।

निर्माण स्थलमा भएको सबै कामको स्थलगत निरीक्षणपछि पुलामी सन्स एन्ड कन्स्ट्रक्सन र भैरब कन्ट्रक्सनको निर्माण ब्यवसायीलाई कार्यलयमै बोलाई निर्माण कार्यमा भइरहेको ढिलासुस्ती र जनताको गुनासोबारे जानकारी लिनुभएको थियो।

तस्बिर: बिबेक लामा सिन्तान

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*