बागमतीको गढनमा १० दिने कपाल काट्ने तालिम सन्चालन
असार, हेटौडा (बागमती) – पुर्बी मकवानपुरको बागमती गाउँपालिकामा कपाल काट्ने तालिम सन्चालन भएको छ। पालिकाको ३ नम्बर वडा कार्यालयको आयोजनामा बिहिबारदेखि गढनमा शुरु भएको तालिम १० दिन सम्म सन्चालन हुने भएको हो।
भौगोलिक विकट र आर्थिकरुपले विपन्न नागरिकहरु बढी बसोबास भएको वडाभएकाले वडाक्षेत्रका विभिन्न बिद्यालयलयमा अध्ययनरत विद्यार्थीहरु घन्टौ दुरीमा गई कपाल काट्नु पर्ने अवस्थालाई मध्यनजर गर्दै वडामै तालिम शुरुवात गरिएको वडाअध्यक्ष कमान सिं पाख्रिनले बताउनुभयो।
विद्यालयका सहयोगीहरुको लागि तालिम दिएका छौ, अब बालबालिकाहरुले निःशुल्क कपाल काट्ने सेवा पाउने वडाध्यक्ष पाख्रिनको भनाई छ । तालिम पश्चात केहिले व्यवसायिक सन्चालन गरेको अबस्थामा वडाले साथ सहयोग समेत गरिने बताउनुभयो।
३ नम्बर वडाका वडाध्यक्ष कमान सिं पाख्रिनको सभाध्यक्षता तथा गाउँपालिका अध्यक्ष सर्केस घलानको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको छ।