नक्कली भुटानी शरणार्थी प्रकरणका १६ अभियुक्तलाई पुर्पक्षमा कारागार पठाउन आदेश

तामसालिङ खबर
१ असार २०८०, शुक्रबार १८:३३

असार, काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न दुई जना बाहेक १६ अभियुक्तलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लाथि थुनामा पठाउने आदेश दिएको छ।

न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासमा एक साता भन्दा लामो वहस र सुनुवाईपछि नक्कली शरणार्थी बनाएर अमेरिका लैजाने भन्दै करोडौं रकम असुल्ने गिरोहमा संलग्न देखिएको प्रारम्भिक ठहरसहित पुर्पक्षमा पठाउने आदेश भएको हो।

लक्ष्मी महर्जन र टंक गुरुङबाहेक सबैलाई पुर्पक्षमा पठाउन अदालतले आदेश दिएको हो। महर्जनसँग अदालतले ५ लाख धरौटी मागेको छ भने गुरुङसँग १० लाख धरौटी मागेको छ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*