युवापुस्ता आधुनिकताको चक्करमा लागुपदार्थ र साइबर क्राइमबाट पिडित छ – छिन्तु
जेठ, हेटौडा – बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ले पछिल्लो समय परिवारबाट टाढिएर साथीहरुको संगतको कारण लागुपदार्थमा फस्ने सम्भावना अधिक मात्रामा रहेको बताउनु भयो।
बिहिबार जिल्ला युवा समिति मकवानपुरको आयोजनामा लागुपदार्थ दुर्ब्यसन तथा साइबर क्राइम सचेतना प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै साथी संगतले कुलतमा फसिरहेको धेरै तथ्य रहेको बताउनु भयो। युवापुस्ताहरु आधुनिकताको चक्करमा लागुपदार्थ र साइबर क्राइमबाट पिडित धेरै नै पिडित रहेको बताउनु भयो। नयाँ युवा पुस्ताको लागि यस्ता सचेतनाको कार्यक्रमले धेरै राम्रो भूमिका खेल्ने उहाँको भनाई छ।
समितिको संयोजक सुमन पाख्रिनको सभाध्यक्षतामा भएको कार्यक्रममा बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ को प्रमुख आतिथ्यतामा भएको थियो।
कार्यक्रममा सहभागी मकवानपुरका बिभिन्न क्याम्पसमा अध्ययनरत बिद्यार्थीलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी निरीक्षक चुडाकुमारी खडकाले आधुनिकता संगै प्रबिधिको दुरपयोगबाट हुने साइबर क्राईम सम्बन्धि र रिकभरी नेपालका केन्द्रिय सदस्य सौजन डिसिले लागुपदार्थ दुर्ब्यसन सम्बन्धि सचेतना सहित प्रशिक्षण दिनु भएको थियो।
कार्यक्रममा बागमती प्रदेश युवा परिषदको कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी निरीक्षक चुडाकुमारी खडका, रिकभरी नेपालका केन्द्रिय सदस्य सौजन डिसि, जागरण मिडियाका अध्यक्ष मिना श्रेष्ठ, मकवानपुर बहुमुखी क्याम्पस स्ववियु सभापति छ्योइसाङ लामा लगायतको आतिथ्यता रहेको थियो।