बागमती प्रदेशमा आर्थिक सर्वेक्षण आज सार्वजनिक हुने
जेठ, हेटौडा – बागमती प्रदेशसभामा प्रदेशको चालुआर्थिक वर्षको आर्थिक सर्वेक्षण आज सार्वजनिक हुने भएको छ । भोली असार १ गते आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्नु पूर्व प्रदेश सरकारले चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्न लागेको हो ।
आज दिउँसो २ बजे बस्ने प्रदेश सभा बैठकमा आर्थिक सर्वेक्षण सार्वजनिक गर्ने कार्य सूचि रहेको प्रदेश सभा सचिवालयले जनाएको छ । बैठकमा प्रदेश सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री बहादुर सिंह लामाले आर्थिक सर्वेक्षण पेस गर्ने सचिवालयका प्रमुख सचिव कृष्णहरी खड्काले जानकारी दिए ।