बैंकहरुले असारमा निक्षेप ब्याजदर नघटाउने

पत्रपत्रिकाबाट
३१ जेष्ठ २०८०, बुधबार ११:३९

जेठ, काठमाडौ – बैंक वित्तीय संस्थामा तरलता सहज भएपनि ब्याजदर भने स्थिर राख्ने भएका छन् । वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघले गत वैशाखदेखि कायम ब्याजदरलाई नै असारमा पनि निरन्तरता दिने निर्णय गरेको हो ।

ब्याजदरको चर्को विरोध भएपछि वैशाखमा संघले ब्याजदर एकल अंकमा झार्ने निर्णय गरेको थियो । वैशाखदेखि व्यक्तिगत मुद्दती निक्षेपमा अधिकतम ब्याजदर ९ दशमलव ९९ प्रतिशत कायम छ ।

संस्थागत निक्षेपकर्ताको ब्याजदर ७ दशमलव ९९ प्रतिशत र साधारण बचतको ब्याजदर ५ दशमलव ४ देखि ७ दशमलव ४ प्रतिशत कायम छ । यो समाचार आर्थिक अभियान दैनिकमा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*