खानेपानीको समस्यामा भिमान बस्ती
जेठ, हेटौडा (मनहरी) – केही साता यता नेपालको अधिकांश भेगमा चर्को गर्मीभएपछी जनजीवन अस्तव्यस्त बनाएको छ। निरन्तर गर्मीको तापक्रमले रेकर्ड तोडिरहेको अबस्थामा खेतबारीमा लगाएको खाद्यान्न बाली समेत सुकेर किसान मारमा परेको छ ।
अन्नबाली मात्र नभई अहिले मनहरी गाउँपालिका वडा नम्बर २ को बिकट क्षेत्र भिमानमा खानेपानीको कुवा सुक्न थालेपछि ९० घरपरिवार पानीको हाहाकारमा परेको छ।
खडेरीका कारण पानीको मूल सुक्न थालेपछि दैनिक ३ घण्टाको बाटो गरेर पर्सा जिल्लाको पुतली खोलाबाट पानी ल्याउनुपर्ने बाध्यता बनेको स्थानीयको भनाई छ। मान्छे, पशु चौपायालाई पुग्ने गरिपानी ल्याउन ३ घण्टा हिड्नुपर्ने अवस्था छ, स्थानीय भन्छन।
पानी ट्याङकी सहित वडाध्यक्ष पाख्रिन भिमान बस्तीमा पुगे
मनहरीको बिकट बस्ति भिमानमा खानेपानीको समस्यामा रहेको खबर पाएपछि वडाअध्यक्ष राजकुमार पाख्रिनले खानेपानीको ट्याङकी सहित भिमान बस्तीमा पुगेको छ।
अब २/२ दिनको अन्तरमा स्थानियलाई पानी ट्यान्की मार्फत उपलब्ध गराइने बताउनुभयो । वडाअध्यक्ष पाख्रिनले खानेपानी लिएर पुग्दा स्थानीय सबै हर्सित थिए। पानी बितरण गर्दै पाख्रिनले स्थानिय जनताको समस्यालाई समाधान गर्न स्थानिय सरकारले अभिभावकत्व ग्रहण गर्छ।
बजेट निर्माणको बेलापछि परेको यो क्षेत्रमा अबको बजेटमा खानेपानी प्राथमिकतामा राख्न स्थानीय बासीले आग्रह गरिएको छ। अब आगामी आर्थिक बर्षमा भिमान बस्तिको लागि वडाबाटै खानेपानीको लागि योजना बनाइने वडा अध्यक्ष पाख्रिनले प्रतिबद्धता जनाउनु भएको छ।